कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधानमन्त्रीको अफर किन गरेको ? « Khabarhub

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधानमन्त्रीको अफर किन गरेको ?


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।

‘म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्रीका लागि गरेको अफर डेट एक्सपायर भयो कि भएन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले घटालथानमा हात राखेर भनुन् ।’

उनले आफूलाई मध्यराति प्रधानमन्त्री अफर गर्नेहरूले त्यसलाई अस्वीकार गर्दा भोलिपल्ट संसद् घेर्न थालेको बताए ।

‘मलाई राति प्रधानमन्त्रीको अफर आयो । मैले अस्वीकार गरेँ’, उनले भने, ‘अनि भोलिपल्ट संसद् अवरुद्ध, त्यसपछि छानबिन समिति माग गरियो । यो कुरा हामीलाई सह्य हुने छैन ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ४२ बजे

वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग

काठमाडौं– स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग विशेष कर

ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा

बाढीले शनिबारदेखि ठप्प बीपी राजमार्ग खुल्यो

काठमाडौं– शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको

भीष्मराजको राजनीतिक यात्रा : विद्यालयमा पढ्दैदेखि थालेका थिए पञ्चचायतविरोधी संघर्ष

काठमाडौं– नेपाली कांग्रेस स्थापनाको ८० वर्षको इतिहासमा पहिलो पटक जनजाति

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली यहाँ स्वयंसेवी