पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी « Khabarhub

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले जित दर्ता गरेको छ । आइतबार भएको खेलमा पञ्जाबविरुद्ध हैदराबादले चार विकेटको जित दर्ता गरेको हो । जितसँगै शीर्ष हैदराबाद दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना बलियो बनेको छ ।

पञ्जाबले दिएको २१५ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि ओपनर अभिषेक शर्मा २८ बलमा ५ चौका र ६ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

त्यस्तै हेनरिक क्लासेन ४२, राहुल त्रिपाठी ३३ र नितेश कुमार रेड्डी ३७ रनमा आउट भए । पन्जाबका लागि अर्शदीप सिंह र हर्षल पटेलले २–२ विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशल स्टेडियम टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । उसका लागि ओपनर प्रभशिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रन बनाए ।

त्यस्तै थर्व टैडे ४६ तथा जितेश शर्माले ३२ रन बनाए । राइली रोसोउ ४९ रन बनाएका थिए। हैदराबादका टि नटराजनले २ तथाप्याट कमिन्स र विजयकान्थले १–१ विकेट लिए ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ८ : ५७ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार