फिटनेशका लागि ‘जुम्बा’ गर्दा यी कुरामा ध्यान दिऔं « Khabarhub

फिटनेशका लागि ‘जुम्बा’ गर्दा यी कुरामा ध्यान दिऔं


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर फिट राख्ने चाहना सबैमा हुन्छ । स्वस्थ रहनको लागि सन्तुलित आहारसँगै नियमित व्यायाम आवश्यक पर्छ ।

नियमित व्यायामका विभिन्न अवधारणामध्ये तपाईका लागि उत्तम विकल्प ‘जुम्बा’ बन्न सक्छ । विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै गएको छ ।

नियमित जुम्बाले शरीरमा कुनै पनि किसिमको असर गर्दैन ।जुम्बा भन्नेबित्तिकै नाचेर गरिने व्यायाम हो । जसरी पनि नाचे हुन्छ भन्ने गलत बुझाइ हुनसक्छ । तर, यो एउटा नियमभित्र रहेर गरिनुपर्छ ।

दैनिक एक घन्टा र तीन चरणमा गर्नुपर्छ । सुरुको १५ मिनेट वार्मअप, त्यसपछि ३० मिनेट डान्स स्टेप र अन्तिमको १५ मिनेट कुल डाउन गर्नुपर्छ । यसरी एक घन्टा जुम्बा गर्दा पाँच सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ ।

जुम्बाअन्तर्गत बेसिक वानभित्र मेरेंगा, रेगाटन, साल्सा, कुम्बिया फर्मुला हुन्छ । यो फर्मुलामा रहेर फास्ट, स्लो, स्लो, फास्ट आवश्यकता अनुसार डान्स गर्नुपर्छ । नाच्नका लागि आफू अनुकूलको गीत रोज्न सकिन्छ ।

नियमित जुम्बा गर्नाले तपाईंको दैनिकी, स्फूर्तिमा धेरै सकारात्मक परिवर्तन आउँछ । शारीरिक तथा मानसिक रूपमा स्फूर्ति बढ्नुको साथै सोचाइमा पनि सकारात्मक परिवर्तन आउँछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : ५३ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको