प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो भने सोही दिन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री दाहालले २०७९ पुस २६ गते र चैत ६ गते तथा २०८० साल फागुन ३० गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिसभाको कूल संख्याको १३८ मत आवश्यकता पर्दछ । २७५ सदस्यीय प्रतिनिधि सभामा हाल कांग्रेसका ८८, एमालेका सभामुखसहित ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जनमत पार्टीका ६, जसपा नेपालका ५, लोसपा र नाउपाका चार–चार सांसद छन् । यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीका एक–एक तथा दुई स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ३१ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा