दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी | Khabarhub Khabarhub

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति पौने १ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् ।आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।

तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान पौने ४ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल पुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : २५ बजे

आज यी स्थानमा बिजुली काटिने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

काठमाडौं– आज विश्व शून्य भेदभाव दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि वार्ता छोडेर निस्किए

वाशिंटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति

केही प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय