प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विपक्षीहरूसँग रणनीति बनाउँदै कांग्रेस « Khabarhub

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विपक्षीहरूसँग रणनीति बनाउँदै कांग्रेस


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूलाई फेरि छलफलका लागि बोलाएको छ ।

सोमबार बस्न लागेको प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा रहेका दलहरुलाई छलफलका लागि बोलाएका हुन् ।

कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै प्रतिपक्षी दलहरुको संयुक्त बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता देउवाको कार्यकक्षमा बस्ने बताइएको छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनका लागि एकमत देखिएका प्रतिपक्षी दलहरु आइतबार पनि संयुक्त छलफलमा जुटेका थिए ।

उक्त बैठकले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको थियो ।

यसअघि शुक्रबार पनि कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनबारे छलफल गरेका थिए ।

उक्त छलफलबाट दलहरु समिति गठनका लागि एकमत भएका थिए । आइतबारको संसद् बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिए पनि चित्तबुझ्दो नभएको जिकिर प्रमुख प्रतिपक्षीले गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै