प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विपक्षीहरूसँग रणनीति बनाउँदै कांग्रेस « Khabarhub

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विपक्षीहरूसँग रणनीति बनाउँदै कांग्रेस


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूलाई फेरि छलफलका लागि बोलाएको छ ।

सोमबार बस्न लागेको प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा रहेका दलहरुलाई छलफलका लागि बोलाएका हुन् ।

कांग्रेस संसदीय दलको बैठक सकिएलगत्तै प्रतिपक्षी दलहरुको संयुक्त बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता देउवाको कार्यकक्षमा बस्ने बताइएको छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनका लागि एकमत देखिएका प्रतिपक्षी दलहरु आइतबार पनि संयुक्त छलफलमा जुटेका थिए ।

उक्त बैठकले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको थियो ।

यसअघि शुक्रबार पनि कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनबारे छलफल गरेका थिए ।

उक्त छलफलबाट दलहरु समिति गठनका लागि एकमत भएका थिए । आइतबारको संसद् बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिए पनि चित्तबुझ्दो नभएको जिकिर प्रमुख प्रतिपक्षीले गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : १४ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति