आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली « Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा रहेको हाटखोली तराईको गर्मी छल्न जाने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

बालबच्चासहित हाटखोली पुगेका धनगढी उपमहानगरपालिका–६ मटियारीका खेमराज पाठकले तराईको गर्मी छल्न परिवारसहित यहाँ आएको बताए ।

हाटखोली भएर बग्ने खुटिया नदीमा नुहाउन र यहाँको प्राकृतिक सुन्दरतासँग रमाउन उहाँजस्तै धेरै मानिसहरू यहाँ आउने गरेका छन् ।

गर्मी छल्नमात्र नभई पिकनिक (वनभोज) खान, त्यहाँको प्राकृतिक र जैविक विविधताको अवलोकन, मन्दिरमा दर्शन गर्न पनि मानिसहरू हाटखोलीमा पुग्ने गर्छन् । अन्य दिनको तुलनामा शनिबार बढी भीड हुने गरेको छ ।

चुरे गाउँपालिका–४ र गोदावरी नगरपालिका–४ जोड्ने झोलुङ्गे पुल पनि पर्यटकको मुख्य रोजाइ बन्ने गरेको चुरे गाउँपालिका–४ का स्थानीय हेमराज विष्ट बताउँछन् ।

पछिल्लो सयम त्यहाँ पुगेर सेल्फी खिच्ने, टिकटक बनाउनेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । ग्वाला देउ मन्दिर पनि धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उनले भनाइ छ ।

‘प्राचीनकालदेखि नै गोठालाले पुज्ने गरेको सो मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गरेको जनाइएको छ । मन्दिरमा विवाह, ब्रतबन्ध पनि हुने गरेका छन् ।

स्थानीय प्रेम गुरुङले पर्यटकीय गतिविधि बढेपछि पछिल्लो समय होटेल खुल्नेक्रम थपिएजस्तै अन्य पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए । ‘पर्यटकीय गतिविधि त बढे, अब यसबाट लाभ लिने गरी पूर्वाधार विकास र व्यवस्थापनका काम गर्नुपर्छ । त्यसले आर्थिक क्रियाकलाप बढोत्तरीमा टेवा पु¥याउने छ’, गुरुङको भनाइ थियो ।

सो क्षेत्रमा वनभोज स्थलको विकास, प्राकृतिक तालको संरक्षण, मठमन्दिरलाई व्यवस्थित गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

हाटखोली क्षेत्रको मष्टाधामको पूर्वाधार विस्तारको काम भइरहेकाले अगामी वर्षमा जाजरी झरना, ग्वालादेउ मन्दिरको पूर्वाधार विकास र साइकल पदयात्रा विस्तारको काम गर्ने नगरपालिकाको योजना छ ।

हाटखोली पूर्वपश्चिम राजमार्गमा पर्ने स्याउले बजारबाट करिब आठ किलोमिटरको दूरीमा उत्तरचुरे फेदीमा अवस्थित छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ४९ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६