नाराबाजी गरिरहेको कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत « Khabarhub

नाराबाजी गरिरहेको कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले राष्ट्र निर्माणका लागि आफूलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका हुन्।

यद्यपि उनले विश्वासको मत मागिरहँदा कांग्रेसका सांसदहरूले भने वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

‘प्रतिपक्षका साथीहरूलाई आग्रह राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्’, उनले भने, ‘राष्ट्र निर्माणमा संसद् विभाजित छैन भन्ने सन्देश दिन विश्वासको मत दिनुस् ।’

प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदा कांग्रेस सांसदहरू भने सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १२ : २७ बजे

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा