संसद्‍बाटै प्रधानमन्त्रीले भने : कांग्रेसले बहुतै गलत गर्‍यो, यसको मूल्य चर्को पर्ने छ « Khabarhub

संसद्‍बाटै प्रधानमन्त्रीले भने : कांग्रेसले बहुतै गलत गर्‍यो, यसको मूल्य चर्को पर्ने छ


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि आक्रोश पोखेका छन् ।

गत वैशाख ३१ गतेकै निर्णयअनुसार सोमबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेससँग आक्रोश पोखेका हुन् ।

‘कांग्रेसले आज बहुतै गलत गर्‍यो । जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ’, उनले भने, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो।’

प्रचण्डले कांग्रेसको आजको गतिविधि इतिहासमा कलंकका रुपमा रहने बताए । ‘तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा रहनेछ’, उनले भने, ‘तपाईंहरूलाई यसको चर्को मूल्य पर्ने छ । तपाईंहरूको गतिविधिको मूल्य एक दिन चुकाउनुपर्ने छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ४० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६