प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ « Khabarhub

प्रधानमन्त्रीले भने : कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिने टिप्पणी गरेका छन् ।

आफ्नो तेस्रो कार्यकालको १६ महिनाभित्र सोमबार चौथो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकाहरूले सोधेका थिए, ‘कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो ?’

त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो कुराको नतिजा आगामी चुनावमा देखिने बताएका छन् ।

पटक पटक विश्वासको मत लिने अवस्थाबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा मात्रै नभइ विश्वमा पनि यस्तो घटनाक्रम रहेको बताए ।

उनले विश्वका कयौँ देशमा पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०–१२ वटा विश्वासको मत लिने जिकिर पनि गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका छन् । उनले १५७ मतसहित आफू नेतृत्वको सरकारको सुरक्षा गर्न सफल भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ४५ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ