एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री « Khabarhub

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्‍मा बाधा पुर्‍याएको आरोप लगाएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानबिन समिति बनाउन सहमति भइसके पनि कांग्रेले अड्को थापेको बताए ।

एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा गरिरहेको पनि गिरीले बताए ।

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रिक र असंवैधानिक रहेको उनले बताए ।

संसदीय समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने पनि उनले बताए ।

कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेकाले यसलाई सच्चाउनुपर्ने जिकिर गिरीले गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : ४९ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक