कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण « Khabarhub

कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत नाघ्यो सार्वजनिक ऋण

१० महिनामा ९८ अर्ब बढी ऋण थप्यो सरकारले


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष(आव)को १० महिनामा सरकारले ९८ अर्ब बढी सार्वजनिक ऋण थप गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको १० महिनामा सरकारले ९८ अर्ब ८ करोड सार्वजनिक ऋण थप गरेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा अर्थात् गएको असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९२ अर्ब ८ करोड थप भएर २३ खर्ब ९७ अर्ब पुगेको छ । कार्यालयका अनुसार सो ऋणको परिमाण नेपालको कुल गार्हस्थ्य उत्पादनको ४२.०२ प्रतिशत हो ।

कार्यालयकाअनुसार वैशाख मसान्तसम्म सरकारको आन्तरिक ऋण दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड ४ लाख रहेको छ । त्यस्तै, बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्म भने २ खर्ब ६४ अर्ब मात्रै ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार सरकारले वार्षिक लक्ष्यअनुसार आन्तरिकतर्फ ४९ अर्ब र बाह्यतर्फ १ खर्ब ३९ अर्ब ११ करोड ६४ लाख ऋण अझै प्राप्त गर्न बाँकी रहेको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षको १० महिनामा सावाँ ब्याज सहित सवा दुई खर्ब बढी ऋण भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार सो अवधिमा सरकारले सावाँ ब्याज सहित २ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ ऋण भुक्तानी गरेको हो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १३ बजे

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले

कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले