ओलीको आग्रह- कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ   | Khabarhub Khabarhub

ओलीको आग्रह- कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ  


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।’

अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भने ।

अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : १३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र