संसद्‍को दृश्य : सत्तापक्ष राष्ट्रपतिलाई धन्यवाद दिने, प्रतिपक्ष नाराबाजी गर्ने (तस्बिरहरू) | Khabarhub Khabarhub

संसद्‍को दृश्य : सत्तापक्ष राष्ट्रपतिलाई धन्यवाद दिने, प्रतिपक्ष नाराबाजी गर्ने (तस्बिरहरू)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गत जेठ १ गते संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोधका कार्यक्रम रोकेको थियो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति आउँदा विरोध र अवरोध रोकेको कांग्रेसले त्यसपछि आन्दोलन जारी राख्यो । त्यसबेला कांग्रेसको अवरोधका कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरेबापद सरकारले धन्यवाद दिन पनि पाएन ।

उक्त धन्यवाद राष्ट्रपतिले ७ दिनपछि मात्रै पाए । मंगलबारको बैठकले कांग्रेसको अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।

मंगलबार कांग्रेसको अवरोध र नाराबाजीबीच संसद्‍बाट ष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ।

त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम टेबल गर्न समय दिए। दाहाललाई मर्यादापालकले सुरक्षा दिएर रोस्ट्रमसम्म लगे ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव टेबल गर्न रोस्ट्रममा उक्लिए। उनीसँगै उद्योगमन्त्री दामोदर भण्डारीले पनि नाराबाजी रोस्ट्रममा उक्लिएर प्रस्ताव पेश गरे ।

मंगलबार पनि एकातिर कांग्रेसको चर्को नाराबाजी र वेल घेराउ चलेको थियो । अर्कातिर हुन्छ र हुन्न भन्दै सभामुख घिमिरेले केही प्रस्ताव टेबलसँगै पारित पनि गराएका छन् ।

 

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १ : ४८ बजे

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा

सञ्चारमन्त्री खरेलले भने- अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

पर्वत– निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको