काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा व्यापक केरमेट गरेका छन् । उनले सम्पत्तिको विवरणदेखि स्रोतसम्म केरमेट गरेका हुन् ।
सम्पत्ति विवरण फारमको बूँदा नं. २ (चल सम्पत्तिको विवरण) तालिकामा उप्रेतीले ३५ किलो सुन लेखेर, त्यसलाई काटेर पुन: २५ तोला उल्लेख गरेका छन् । उक्त सुन प्राप्तिको स्रोत पुर्ख्यौली भएको उप्रेतीको दाबी छ ।
प्राप्ति मितिमा दाइजो लेखेर, त्यसलाई काटेर प्राप्तिको स्रोतमा पुर्ख्यौली लेखेका उप्रेतीले बैंक/वित्तीय संस्थामा आफ्नो कुनै खाता नरहेको दाबी गरेका छन् ।
रक्षामन्त्री उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे ३५ कठ्ठा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उप्रेतीले २५ तोला सुन र श्रीमतीको नाममा १६ लाख मूल्य पर्ने गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यही सुनको विवरणमा केरमेट गरिएको हो ।
अचल सम्पत्तिको विवरणमा पनि मन्त्री उप्रेतीले निकै केरमेट गरेका छन् । विवरणको १ (क) मा उप्रेतीले आफूसँग ३ वटा घरको विवरण भरेर पछि दुईवटा विवरण केरेका छन् । बरहथवा-४ मा २५ कट्ठा र २० कट्ठा जमिन रहेको विवरण उनले केरेका हुन् ।
रक्षामन्त्री उप्रेतीको सम्पत्ति विवरण:
प्रतिक्रिया