काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी ! « Khabarhub

काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !

गोरखाको जग्गा पनि पार्टीलाई हस्तान्तरण गरेको जिकिर


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठसँग संघीय राजधानी काठमाडौंमा घर छैन ।

उनी अहिले ललितपुरस्थित सरकारी निवासमा बस्छन् । मन्त्री नभएका बेला उनको बास भाडाको घरमा हुने गरेको छ ।

श्रेष्ठका अनुसार गृहजिल्ला गोरखाको सिराञ्चोक गाउँपालिका-८ मा पैत्रिक सम्पत्तिका रुपमा रहेको ३१ रोपनी १५ आना १ पैसा एक कित्ता, १ रोपनी १० आना १ पैसा १ दाम अर्को कित्ता र ५ रोपनी ७ आना ३ पैसा ३ दाम अर्को कित्ता जग्गा रहेको छ ।

त्यो सबै सम्पत्ति पनि आफूले २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणाअनुसार प्रक्रियामा रहेको उनले जनाएका छन् ।

उनीसँग राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखाको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा बचत रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

नारायणकाजीले आफूसँग कुनै किसिमको शेयर, ऋण र पशुधनसमेत नरहेको उल्लेख गरेका छन् ।

उनले अहिले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध गराएको पुरानो गाडी चढिरहेको पनि जनाएका छन् ।

बा १० च ५७५९ नम्बरको उक्त गाडी आफूलाई प्रचण्डले प्रयोग गर्न दिएकाले त्यसको खरिद मूल्य र मिति दुवै थाहा नभएको पनि श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ४७ बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच