शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड « Khabarhub

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड रुपैयाँ देखिएको हो ।

सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठको नाममा रहेको बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल स्विन्स्कीको नाममा ५ करोड ५७ लाख ८४ हजार ११९ गरी कुल ७ करोड ९८ लाख चार हजार ११९ उल्लेख छ ।

उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको देखिन्छ । श्रेष्ठले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।

उनले चल सम्पत्तितर्फ ११ तोला सुन रहेको, जसमध्ये २०७५ असार ८ गते विवाह हुँदा १० तोला सर १ तोला आफ्नी हजुरआमाको मृत्युपछि पाएको विवरणमा लेखेकी छन् ।

श्रेष्ठले आफूले १०० तोला चाँदी विवाहमा उपहार पाएको र  हिराको सेट र हिराको टप पनि रहेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ५ : ३१ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष