गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ « Khabarhub

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर लैजाने क्रममा उनले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधस्वरुप आफूसँग रिस साँधेको बताए ।

उनले गृहमन्त्री लामिछानेलाई चुनौती दिँदै उनका पनि दुईवटा राहदानी र सहकारी ठगीसम्बन्धी मुद्दा रहेकाले पालो आउने बताए ।

सिरोहियाले गृहमन्त्री लामिछानेको नाममा राहदानीसम्बन्धी मुद्दामा भोलिनै पक्राउ पुर्जी जारी हुनेमा आफू विश्वस्त भएको बताएका छन्।

उनले सत्ता र शक्तिको दुरूयोग गरिएको बताउँदै गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

सिरोहियाले आफूमाथिको धरपडकडलाई सञ्चारमाध्यममाथिको आक्रमणको संज्ञा दिएका छन् । उनले सहकारी ठगीको समाचार लेखेकाले आफूमाथि धरपकड गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ४५ बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।