गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ | Khabarhub Khabarhub

गृहमन्त्रीलाई सिरोहियाको चुनौती : तपाईंविरूद्ध पनि दुई राहदानीको मुद्दा छ


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर लैजाने क्रममा उनले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधस्वरुप आफूसँग रिस साँधेको बताए ।

उनले गृहमन्त्री लामिछानेलाई चुनौती दिँदै उनका पनि दुईवटा राहदानी र सहकारी ठगीसम्बन्धी मुद्दा रहेकाले पालो आउने बताए ।

सिरोहियाले गृहमन्त्री लामिछानेको नाममा राहदानीसम्बन्धी मुद्दामा भोलिनै पक्राउ पुर्जी जारी हुनेमा आफू विश्वस्त भएको बताएका छन्।

उनले सत्ता र शक्तिको दुरूयोग गरिएको बताउँदै गृहमन्त्रीलाई चुनौती दिएका छन् ।

सिरोहियाले आफूमाथिको धरपडकडलाई सञ्चारमाध्यममाथिको आक्रमणको संज्ञा दिएका छन् । उनले सहकारी ठगीको समाचार लेखेकाले आफूमाथि धरपकड गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ४५ बजे

स्पीड स्केट च्याम्पेनसीप सम्पन्न

ललितपुर– एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर

एकैदिन तोलामा ७ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

कुहिरोले ढाकेको टौदह र खोकना क्षेत्र (फोटोफिचर)

काठमाडौं– काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ । उपत्यकाको