कांग्रेसको निष्कर्ष : सिरोहियासँग सरकारले प्रतिशोध साँध्यो, मिडियामा अंकुश लगाउन खोज्यो « Khabarhub

कांग्रेसको निष्कर्ष : सिरोहियासँग सरकारले प्रतिशोध साँध्यो, मिडियामा अंकुश लगाउन खोज्यो


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध सरकारले प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सिरोहियामाथि गृहप्रशासन लगाएर गरिएको धरपकडलाई लोकतान्त्रिक मूल्यमान्यताविपरीत भनेको छ ।

कान्तिपुरले लोकतन्त्र स्थापनका लागि ठूलो भूमिका खेलेको बताउँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त बैठकबाट सरकारी कदमको भर्त्सान गर्ने निर्णय भएको उल्लेख गरे।

कान्तिपुरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगी र अपचलनको समाचार लेखेकै कारण रिस फेरिएको पनि महतले बताए ।

‘गृहमन्त्रीको सहकारी अपचलन र दुरुपयोगको विषय लेखेकाले प्रतिशोधको भावनाबाट निर्णय भएको हो’, महतले भने, ‘कैलाश सिरोहियासँग सरकारले प्रतिशोध साँध्यो । हामी यसको भर्त्सना गर्छौँ । अरु प्राविधिक विषयलाई लिएर पक्राउ गरिनु आवश्यक थिएन ।’

कांग्रेसको बैठकले सुरक्षानिकाय नै खनिएर सिरोहियामाथि धरपकड गर्नु गलत भएको निष्कर्ष निकालेको छ ।

‘सरकारको यो कदम मिडियालाई विस्तारै नियन्त्रणमा लिने र त्रासमा राख्ने नियतसहित आएको हुन सक्छ’, महतले भने, ‘सरकारले लोकतन्त्रमाथि प्रहार गर्यो । कैलाश सिरोहिया र कान्तिपुरले लोकतन्त्रका लागि धेरै योगदान गरेका छन् । सरकारको यस कदममा गम्भीर आपत्ति छ ।’

उनले सिरोहियालाई पक्राउका नाममा भएको हुलहुज्जतको पनि निन्दा गरेको छ । ‘सुरक्षाकर्मीले कान्तिपुरको कार्यालयमा हुलहु्ज्जत गरेका छन् । सरकारले मिडियालाई नियन्त्रण गर्नेतिर गयो’, उनले भने ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : १३ बजे

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा