काठमाडौंमा कांग्रेसको जनप्रदर्शन जेठ १३ गते, मुख्य मुद्दा सहकारी « Khabarhub

काठमाडौंमा कांग्रेसको जनप्रदर्शन जेठ १३ गते, मुख्य मुद्दा सहकारी


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही जेठ १३ गते आइतबार दिउँसो काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित आन्दोलन थाल्न लागिएको प्रवक्ता डा. महतले बताए ।

कांग्रेस बैठकमा यसअघि यही शुक्रबारदेखि सडक आन्दोलनमा जाने प्रस्ताव भएको थियो । यद्यपि केही दिनलाई सारिएको आन्दोलनमा उपत्यकाको सबै शक्ति परिचालन गरिने भएको छ ।

काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आन्दोलनमा बढी भन्दा बढी जनसहभागिता जुटाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने निर्णय भए हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेस सदनमा आन्दोलित छ। उसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

कांग्रेसले बुधबार पार्टी बैठकबाट सहकारी पीडितहरूको बचत फिर्ता र ठगीमा संलग्नहरूमाथि कारबाही माग गरेको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले सदनको रोस्ट्रममा उभिएर लगाएको आपत्तिजनक र गम्भीर आरोपबारे पनि छानबिन गरेर कारबाही गर्न कांग्रेसले माग गरेको छ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : ३४ बजे

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा