सिरोहिया पक्राउपछि राप्रपाले भन्यो : अब गृहमन्त्रीलाई पनि छानबिनमा तानौँ « Khabarhub

सिरोहिया पक्राउपछि राप्रपाले भन्यो : अब गृहमन्त्रीलाई पनि छानबिनमा तानौँ


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि अनुसन्धानमा तान्नुपर्ने निष्कर्ष निकालेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता कसुरसम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको अवस्थामा कानुनविपरीतका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्ने पक्षमा पार्टी रहेको बताए ।

उनले नागरिकता प्रकरणमा सिरोहियामाथि छानविन सुरु भएको अवस्थामा अब गृहमन्त्रीमाथि पनि अनुसन्धान हुनुपर्ने निष्कर्ष बैठकले निकालेको बताएका छन् ।

‘गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ’, बैठकपछि श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ ।

यो बैठकमा राप्रपाको जेठ ११, १२ र १३ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरूमाथि छलफल गरिएको उनले बताए ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरे ।

प्रतिवेदनहरुलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : ५९ बजे

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन