एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित « Khabarhub

एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ ।चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो ।

यसअघि नेपाल श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।पहिलो सिङ्गल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे ।

डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए ।नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलङ्का तथा भारतले बङ्गलादेशलाई समान ३–० ले पन्छाए ।

योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलङ्कासँग हुनेछ भने पाकिस्तानले बङ्गलादेशको सामना गर्नेछ ।

यसैगरी छात्रामा श्रीलङ्काले नेपाललाई ३–० ले पराजित ग¥यो । सिङ्गल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलङ्काकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए ।

डबल्समा श्रीलङ्काका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : १७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका