‘फर्कीफर्की’ को प्रिमियर – फिल्मबारे के भन्छन् कलाकार ? « Khabarhub

‘फर्कीफर्की’ को प्रिमियर – फिल्मबारे के भन्छन् कलाकार ?


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनमोल केसी स्टारर फिल्म ‘फर्कीफर्की’को भव्य तामझाम साथ कमलपोखरीस्थित एक हलमा बुधबार साँझ प्रिमियर शो सम्पन्न भएको छ । बलिगार्डको सुरक्षा घेरा लिएर अनमोल प्रिमियरमा उपस्थित भएका थिए । 

फिल्मकी नायिका जसिता गुरुङ र अनमोलले लगाएको ‘म्याचिङ ड्रेस’ पनि प्रिमियरको अर्को आकर्षण बनेको थियो । यो रिल जोडी पनि प्रशंसाको केन्द्र बन्यो । 

प्रिमियरमा सिनेकर्मीको बाक्लो उपस्थिति थियो । वरिष्ठदेखि कनिष्ठ सिनेकर्मीको उपस्थितिलाई अनमोलको ‘स्डारडम’ कारक भन्न सकिन्छ ।

अनमोलको यो फिल्मले युवापुस्ताका दर्शकलाई केन्द्रित गर्न सक्छ । ‘टाइम लुप’ आधारित प्रेम कथामा फिल्म बनेको छ । प्रिमियरपछि सिनेकर्मीले प्राविधिक रूपमा सशक्त फिल्म बनाउन लेखक तथा निर्देशक सुयोग गुरुङ सफल भएको प्रतिक्रिया दिए । 

‘छड्के–२’ को असफतापछि अनमोलको यो पहिलो फिल्म हो । यसलाई केहीले अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्मको संज्ञा पनि दिएका छन् । त्यस अर्थमा यो उनको ‘कमब्याक फिल्म’ सावित हुने धेरैको अनुमान छ । 

प्रिमियरमा हरिवंश आचार्य, दीपकराज गिरी, किरण केसी (राता मकै), बसुन्धारा भुसाल, गौरी मल्ल र दीपाश्री निरौला लगायत कलाकारको बाक्लो उपस्थिति थियो । 

कसले के भने ?
वरिष्ठ कलाकार हरिवंश आचार्यले प्राविधिक रूपमा उत्कृष्ट फिल्म बनेको प्रतिक्रिया दिए । उनले यसलाई विदेशी फिल्मसँग तुलना गर्न मिल्ने बताए । 

उनले भने, ‘सेट डिजाइन नै महँगो देखिन्छ । जापानिज र कोरियन फिल्मसँग दाँज्न मिल्छ ।’ अभिनयको पाटोमा प्रतिक्रिया दिने क्रममा उनले अनमोलले पहिले भन्दा यसमा निकै मिहेनत गरेको महसुस भएको बताए ।

कलाकार केदार घिमिरे (माग्ने बूढा) ले समग्र फिल्म राम्रो बनेको भन्दै फिल्म खिचेको ‘लोकसन’ चित्त बुझेको प्रतिक्रिया दिए ।

कलाकार किरण केसी (राता मकै)ले फिल्म राम्रो ‘फिनिसिङ’ भएर निस्किएको आभाष भएको प्रतिक्रिया दिए । यो फिल्मले ‘अनमोलको अभिनय कमजोर छ’ भन्ने आरोप हट्ने उनको विश्वास छ । 

निर्माता एवं कलाकार दीपकराज गिरीको नजर भने फिल्ममा गरिएको लगानीमा केन्द्रित भएको पाइयो । छोटो प्रतिक्रिया दिँदै उनले फिल्म रमाइलो र पर्याप्त लगानीमा बनेको बताए । 

निर्देशक एवं कलाकार दीपाश्री निरौलाले भने फरक स्वादको फिल्म पस्कन लेखक तथा निर्देशक सुयोग गुरुङ सफल भएको प्रतिक्रिया दिइन् । उनले थपिन्, ‘युवापुस्ताका दर्शकका लागि राम्रो छ यो सिनेमा ।’

फिल्म हेर्दै गर्दा मोडल एवं नायिका नीति शाहले भने कोरियन ड्रामा हेरेको महसुस भएको प्रतिक्रिया दिइन् । ‘फिल्ममा केही नयाँ छ,’ उनले भनिन् ।

अन्त्यमा, फिल्मको प्रिमियरमा कलाकारबाट सही प्रतिक्रिया आउँदैन भन्ने भाष्य निर्माण भएको छ । आजबाट प्रदर्शनमा आएको यो फिल्म वास्तवमै राम्रो छ-छैन, हलमा दर्शकको उपस्थितिले भने प्रष्ट पार्नेछ ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  २ : १७ बजे

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म