किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण « Khabarhub

किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले  किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । 

विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् । 

चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्‍याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्‍याउन सहज हुने भएको छ । गाउँपालिकाले रु सात करोडको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो । 

चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्‍याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ । 

चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन्। ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए ।

‘लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्’, अध्यक्ष शर्माले भने, ‘यो सडक गाउँपालिकाको गौरवको आयोजना हो । हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ ।’

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए। यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताए। गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पुर्‍याउन सजिलो भएको छ । 

‘पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पुर्‍याउनुपथ्र्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पुर्‍याउन सकिन्छ’, पुनले भने।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १ : ४६ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ