एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेशन तयारीबारे छलफल « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक, महाधिवेशन तयारीबारे छलफल


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आलोकनगरमा बसिरहेको छ ।

पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टीको १०औँ महाधिवेशनको तयारी र समसामयिक राजनीतिबारे छलफल भइरहेको छ।

समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

त्यसका लागि पार्टी नेताहरूले तयार पारिएको राजनीतिक सांगठानिकसहित चारवटा दस्तावेज केन्द्रीय कमिटीको आठौँ बैठकले पारित गरिसकेको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहितका विषयमा पनि छलफल भइरहेको खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ३ : ०२ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि