एमाले सुनसरीको अध्यक्षमा निलम खनाल, उपाध्यक्षमा परशुराम यादव ३ मतले विजयी « Khabarhub

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल, उपाध्यक्षमा परशुराम यादव ३ मतले विजयी


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् ।

आठौँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको बिहीबार आएको मतपरिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिकाअनुसार खनालले ३८३ मतसहित जित निकाल्दा प्रतिस्पर्धी पोखरेलले २८७ मत पाए ।

यसैगरी उपाध्यक्षमा ३ मतको अन्तरले पर्शुराम यादव विजयी भए । यादव ३३२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नन्द बस्नेतले ३२९ मत पाए ।

यस्तै सचिवमा ३८८ मतसहित राम कोइराला निर्वाचित भए । उनीसँग प्रतिस्पर्धा गरेका पदम लिम्बुले २७० मत पाए ।

यस्तै उपसचिव महिलातर्फ ४३८ मतसहित इन्द्रकला राई निर्वाचित हुँदा प्रतिस्पर्धी कमला मगरले १९१ मत पाइन् ।

यस्तै उपसचिव खुल्लातर्फ यामकुमार सुब्बा ३८५ मतसहित विजयी भए । प्रतिस्पर्धी देवानन्द मेहताले १९७ मत पाए । एमाले सुनसरीको निर्वाचनमा ६६१ मत झरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ३ : १९ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ