राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि « Khabarhub

राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु हुँदै छ ।

 धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा मध्यान्ह १२ बजेपछि सुरु हुन लागेको बैठक तीन दिनसम्म चल्ने छ । 

बैठकमा पार्टीले उठाउँदै आएको हिन्द राष्ट्र, संघीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल हुने राप्रपाले जनाएको छ । 

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजनाबारे पनि छलफल हुने बताइएको छ । 

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जबराले सांगठनिक प्रतिवेदन पेस गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।

 बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागिसमेत छलफल गरिने छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ११ : १४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका