सिरोहियालाई अदालत लगिँदै, शम्भु थापासहित वरिष्ठ वकिलहरू बहसमा उत्रिने « Khabarhub

सिरोहियालाई अदालत लगिँदै, शम्भु थापासहित वरिष्ठ वकिलहरू बहसमा उत्रिने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि अहिले धनुषा जिल्ला अदालतमा लगिँदैछ ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्मम तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उक्त तीन दिनको म्याद गुज्रिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप समय लिने गरी अदालतमा उपस्थित गराउँदै छ ।

अहिले सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालयमा राखिएको छ । त्यहाँबाट उनलाई अब जिल्ला अदालत धनुषामा उपस्थित गराइँदैछ ।

जहाँ अब सिरोहियालाई अझै हिरासतमै राखेर अनुसन्धान अघि बढाउने या तारेखमा छाड्ने विषयमा अदालतले निर्णय दिन सक्ने छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जन आवाले अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लग्न लागिएको बताएका छन् ।

म्याद थप्ने या बाहिरै राखेर छानबिन अघि बढाउने निर्णय दिनुअघि जिल्ला अदालतका न्यायाधीशले दुवै पक्षका वकिलको कुरा सुन्ने भएका छन् ।

यस्तोमा सिरोहियाले आफ्नो पक्षमा बहसका लागि आधा दर्जनभन्दा बढी वरिष्ठ कानुन व्यवसायीहरू उतारेका छन् ।

सिरोहियाको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोली अहिले जनकपुरधाममा छ ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले जिल्ला अदालतमा बहस गर्ने भएका छन् ।

यसअघि मंगलबार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गर्न थापाथली पुग्दा वरिष्ठ अधिवक्ता थापा नप तत्कालै पुगेका थिए । जहाँ उनले सिरोहियाको पक्षमा बोल्दै आफू पनि उनीसँगै जनकपुर गएर बहस गर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : ५७ बजे

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको