आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा | Khabarhub Khabarhub

आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ ।

कामपाले २०८१ को शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएको थियो । तोकिएको सङ्ख्याभन्दा बढी आवेदन परेपछि शैक्षिक संस्थासँग सहकार्य गरेर तालिम उपलब्ध गराउने योजना रहेको कामपाले जनाएको छ ।

कामपा सामाजिक विकास विभाग निमित्त प्रमुख विमला कोइरालाले भनिन्, ‘६० हजार बढीले आवेदन दिनुभएको । आवेदन परेकामध्येबाट छनोट गरेर वा कागजात पूरा भएका नागरिकलाई कामपाले भने अनुसारको तालिम उपलब्ध गराउँछौँ ।’ उनका अनुसार महानगरले आवश्यकता आधारमा क्याम्पस र विद्यालयसँग सम्झौता गरिसकेको छ ।

फाराम भरेका मध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्र तालिम दिइने कोइरालाले जानकारी दिइन् ।

कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको हो । मेलाका लागि महानगरले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको जनाएको छ ।

मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको विभाग निमित्त प्रमुख कोइरालाले बताइन् ।

उनका अनुसार मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्‍याउन मद्दत गर्ने छ ।

कोइरालाका अनुसार गत वैशाख १९ गते सुरु भएको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम सकिएका छन् । अहिले ती कक्षाहरू दोस्रो चरणमा सञ्चालन भइरहेका छन् । ‘पहिलो चरणमा एक हजार पाँच सय ७७ जनाका लागि तालिमको कोटा थियो’, उनले भनिन्, ‘यसमध्ये एक हजार पाँच सय पाँच जना तालिममा सहभागी हुनुभएको छ । यही जेठ ६ गतेदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन् ।’

कोइरालाका अनुसार १० क्षेत्रका ३० पेसासँग सम्बन्धित सीप तालिममा समावेश गरिएका छन् । अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्बल फिटिङ, इलेक्ट्रिसियन, प्लम्बिङ, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, नेपाल चेबर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न निजी क्षेत्रहरूले सीप मेलाबाट उत्पादन भएका जनशक्तिलाई कामको प्रकृति हेरेर रोजगार दिने जनाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : ३२ बजे

एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ

चितवन– नेकपा (एमाले) चितवन जिल्ला कमिटीको बैठकमा भ्रष्टाचार र अनियमिततामा

मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा हेंवा खोला बेलिब्रिज उद्‌घाटन

पाँचथर– मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर

अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

एजेन्सी – अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह

लिपुलेकमा भारत-चीन सहमतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको विरोधमा

कमेडीमा ‘भिखारी’ चरित्र फापेका कैलाश : एकल आमाको हाँसो फर्काउँदा दङ्ग

काठमाडौं – एसएलसी पास गरेपछि उच्च शिक्षाको बाहानामा सहर पस्नु