सानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल प्रारम्भ « Khabarhub

सानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल प्रारम्भ


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीबार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत् रूपमा उद्घाटन गरेका छन् ।

जेठ १३ गते आइतबारसम्म सञ्चालन हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तीकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि उप–प्रमुख शाक्यले बुद्ध पूर्णिकाको पुण्य दिन पारेर उद्घाटन गरिएको यो फेस्टिभल आफैँमा उपलब्धिमूलक हुने शुभकामना व्यक्त गरिन् ।

उप–प्रमुख शाक्यले भनिन्, ‘तर कार्यक्रमको तयारी, उद्देश्य तथा प्रस्तुतीकरण देख्दा म कृतक्ष भएँ । मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्‍याउनै शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभवलले जीवन शैलीका सबै पक्षहरू समेटेको पाउँदा खुशी लागेको छ।’

उप–प्रमुख शाक्यले मेलामा प्रदर्शकको रूपमा सहभागी ८० भन्दा बढी उद्यमी–व्यवसायिहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालूट गर्ने बताइन् ।

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात् नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताए ।

निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आबद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरूलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरूको बारेमा जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको बताए ।

आयोजक संस्थाका अर्का संस्थापक निर्देशक शेखर राज कसजुले यो फेस्टिभलमार्फत रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्य लिएको बताए ।

उनले नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इकमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रूपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यवसायिक बनाउन केही नयाँ कार्य गर्नै पर्छ भन्ने उद्देश्यले तीन दिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको बताए ।

तीन दिनसम्म आयोजना हुने यस समारोहमा फेसन रनको समेत उद्घाटन गरियो ।

उद्घाटन सिक्वेन्सको रूपमा बिआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रूपमा ह्वीलचेयरमै र्‍याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए । उनीहरूले पालै–पालो र्‍याम्पमा प्रस्तुत भएर उपस्थित दर्शकलाई अभिभावना गर्दा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।

नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदै छ । जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आबद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरू प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ५ : ४९ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक