गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ « Khabarhub

गृहमन्त्रीले लगाएको आरोपबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीसँग जवाफ


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा लगाएको आरोपबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका नेता तथा सांसदहरुमाथि लगाएको आरोपबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

‘केही दिनपहिले सरकारका माननीय उपप्रधान तथा गृहमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर जुन ढंगले विषय वस्तु प्रस्तुत गर्नुभएको छ, जसरी सदनभित्र रहेका माननीयजीहरूलाई, खासगरी नेकालाई लान्छित गरेर उहाँले जुन प्रश्न उठाउनु भएको छ, यसमा हामीले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छौँ भनेका छौँ,’ बैठकमा सहभागी प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसबारे हामी जवाफ पनि चाहौँला । अब त्यो जवाफ कसले दिने हो हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।’

उनले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भएको धरपकडबारे पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको पनि बताए ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यान आकृष्ट भएको छ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले भने ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ६ : १५ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ