ललितपुरमा इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी | Khabarhub Khabarhub

ललितपुरमा इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरू भएको छ ।

प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् । त्यसअवसरमा उनले नेपाली महिला इरानका महिलाभन्दा निकै स्वतन्त्र रहेको बताए ।

“खुलेर काम गर्न र बोल्न सक्ने वातावरण नेपाली महिलाले पाएका छन्”, उनले भने, “यो ठूलो उपलब्धि मान्छु, इरानमा महिलाले यस्तो अवसर पाउने कल्पना पनि गर्न सकिँदैन ।”

उनले महिलाको स्वतन्त्रताको प्रतीकका रुपमा माछाको आकृति बढी चित्रमा उतारेका छन् ।

‘एमक्यु ग्यालरी’ का प्रमुख मनिषलाल श्रेष्ठले विदेशी एवम् स्वदेशी कलाकारलाई प्रत्यक महिना कला सिर्जना गराउँदै आएको र यहीक्रममा आगामी महिना रुसी कलाकारले कला सिर्जना गर्ने जानकारी दिए । प्रदर्शनीमा राखिएको चित्रको मूल्य रु दुई हजार पाँच सयदेखि दुई लाख ५० हजारसम्म राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ८ : ३५ बजे

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

बेमौसमी वर्षाले किसान दोहोरो मारमा

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा

माइक काटिएपछि बोल्न नपाएका झलनाथ पत्रकार सम्मेलनमा बोल्ने

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दस्तावेज पारित