राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा « Khabarhub

राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो ।

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९  रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए पनि जितका लागि पर्याप्त भएन्। ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट भएका थिए । सञ्जु स्यामसन र टम कोहलर–क्याडमोरले १०/१० रन बनाए ।

हैदरावादका शाहबाज अहमदले सर्वाधिक तीन विकेट लिए। अभिषेक शर्माले २ तथा प्याट कमिन्स र थंगारसु नटराजन एक/एक विकेट लिए ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएको थियो । हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । ३४ बलको सामना गरेका उनले ६ छक्का सहित ५० रन बनाए । त्यस्तै १५ बल खेलेका राहुल त्रिपाठीले ३७ बनाए ।

ओपनर ट्राभिस हेडले ३८ रन बनाउँदा शाहबाज अहमद १८, अभिषेक शर्मा १२ रन बनाएर आउट भए । राजस्थानका ट्रेन्ट बोल्ट र आवेष खानले एक/एक विकेट लिए । सन्दीप शर्माको नाममा दुई विकेट रह्यो ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ११ : ३९ बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने