राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा « Khabarhub

राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलको फाइनलमा


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनलमा कोलकातासँगको भेट पक्का गरेको हो ।

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९  रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि ध्रुव जुरेलले अविजित रहँदै सर्वाधिक ५६ रन बनाए पनि जितका लागि पर्याप्त भएन्। ३५ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट भएका थिए । सञ्जु स्यामसन र टम कोहलर–क्याडमोरले १०/१० रन बनाए ।

हैदरावादका शाहबाज अहमदले सर्वाधिक तीन विकेट लिए। अभिषेक शर्माले २ तथा प्याट कमिन्स र थंगारसु नटराजन एक/एक विकेट लिए ।

त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ बनाएको थियो । हैदरावादका लागि हेनरिक क्लासेनले अर्धशतक बनाए । ३४ बलको सामना गरेका उनले ६ छक्का सहित ५० रन बनाए । त्यस्तै १५ बल खेलेका राहुल त्रिपाठीले ३७ बनाए ।

ओपनर ट्राभिस हेडले ३८ रन बनाउँदा शाहबाज अहमद १८, अभिषेक शर्मा १२ रन बनाएर आउट भए । राजस्थानका ट्रेन्ट बोल्ट र आवेष खानले एक/एक विकेट लिए । सन्दीप शर्माको नाममा दुई विकेट रह्यो ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएका थियो । यता राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। आईपिएलको फाइनल आइतबार हुँदैछ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ११ : ३९ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल