हुरिकेन्समाथि नेपाल ६ रनले विजयी « Khabarhub

हुरिकेन्समाथि नेपाल ६ रनले विजयी


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको हुरिकेन्स ८ विकेटको क्षतिमा १४० रनमा समेटिएको हो ।

अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दा नेपालले ६ रनको जित निकालेको हो । हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र करण केसीले समान दुईदुई विकेट लिए । कप्तान रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले समान एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे।

होरिकेन्सँग नेपालले अर्को खेल शनिबार राति खेल्नेछ । विश्वकप अगाडिको अभ्यास खेलका रुपमा नेपालले दुई खेल खेल्न लागेको हो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ६ : ०० बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको