कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर « Khabarhub

कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

फाइल फोटो ।

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमतिबिनै टुङ्गिएको छ ।

बैठक बिना निष्कर्ष टुङ्गिएपछि कानून मन्त्रालयबाट कार्यदल सदस्यहरू सीधै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका छन्‌ । कार्यदलको बैठक सकिएपछि नेताहरू बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका हुन्‌ ।

कानून मन्त्री पदम गिरीले बैठकमा सहभागी कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरूबीच नै छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र कार्की सहभागी छन् ।

यस्तै सत्ता पक्षका एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ र सांसद विष्णु पौडेल सहभागी छन् । अर्थमन्त्री वर्षमान पुन पनि बालुवाटार पुगेका हुन्‌ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार शेरबहादुर देउवा भने बिरामी परेका कारण बैठकमा उपस्थित छैनन् । लेखकले खबरहबलाई भने, ‘प्रधानमन्त्रीले छलफलमा बोलाउनु भएर हामी आएका छौं ।’

कार्यदलको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘अहिलेलाई बैठक सकिएको छ । छलफल जारी छ । हामी प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार हिनेका छौँ ।’ उनका अनुसार बैठकमा भएका कुराहरू प्रधानमन्त्रीकहाँ प्रस्तुत हुने गरिनेछ ।

आज बसेको कार्यदल बैठकमा कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक  बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा पुगेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ७ : ०४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर