समुद्री मार्गबाट १० हजार बढी आप्रवासी बेलायत पुगे « Khabarhub

समुद्री मार्गबाट १० हजार बढी आप्रवासी बेलायत पुगे


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन – सन् २०२४ मा १० हजारभन्दा बढी अनियमित आप्रवासीहरू साना डुङ्गामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।

कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले संसदीय निर्वाचनको क्रममा सीमामा अवैध बाटोबाट आवतजावत रोक्ने वाचा गरेका थिए ।

सरकारी अधिकारीका अनुसार शुक्रबार २८८ जना आप्रवासी शरणार्थीहरूले पाँचवटा डुङ्गामा अवैध बाटोबाट बेलायत छिरेका थिए ।

बेलायत आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैधरूपमा बेलायतको विभिन्न भूभागमा प्रवेश गर्ने व्यक्तिको सङ्ख्या १० हजार १७० पुगेको छ । यो सङ्ख्या गत वर्षको यही अवधिमा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा ३५ प्रतिशतले बढी हो ।

सन् २०२४ को पहिलो पाँच महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको सङ्ख्या यसअघिको तुलनामा उच्च रहेको थियो । सुनकले जुलाई ४ को लागि आम निर्वाचनको आह्वान गर्नुभएको छ । आप्रवासी समस्या यो निर्वाचन अघि नै ठूलो मुद्दाको रूपमा देखिएको छ ।

मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने उहाँको प्रमुख योजना मतदानको दिन अघि सुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिवद्धता गरेको छ । लेबरले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुङ्गामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ ।

शनिबार जारी गरिएको ‘युगोभ पोल’ले केयर स्टार्मरको नेतृत्वमा रहेको टोरी समूहमा २२ अङ्कको अग्रता दिएको छ । युगोभ एक विश्वव्यापी जनमत सर्भेक्षण र तथ्याङ्क विश्लेषण गर्ने ख्यातिप्राप्त कम्पनी हो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ८ : ५४ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन