संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण | Khabarhub Khabarhub

संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदको गतिरोध हटाउन ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितले संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रिय पहलको आवश्यक रहेकोमा जोड दिए ।

यसअघि एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष नेपालले सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १२ : २४ बजे

चलचित्र विकास बोर्डको कमजोरीले अदालत छिरेको एक्टर…

काठमाडौं – गत सोमबार चलचित्र ‘एक्टर : टेक वान’को प्रिमियर

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश

स्रोत नखुलेको ६ लाखसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ

प्रयागराज महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड

८४ को चुनावलाई चाहिने कानुनबारे काङ्ग्रेस-एमालेको अलमल, थ्रेसहोल्डमै उल्झन

काठमाडौं – निर्वाचनसम्बन्धी कानुन परिमार्जन गर्ने जिम्मा अहिलेका सत्ताधारी दुई