महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू) « Khabarhub

महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू)



काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक काट्दा संघीय सरकारसँग कलह भएको छ ।

६ महिनाअघि मात्रै बनाएको फुटपाथको कलात्मक बारसमेत भत्काउने गरी १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिटरसम्म सडकको दायँबायाँ काटिएको छ ।

मेशिन लगाएर तीन लेनको उक्त सडकको दायाँ बायाँ सडक काट्दा अनुमति नलिएको भन्दै सडक विभागस्थित डिभिजन सडक कार्यालय काठमाडौं शनिबार नै हस्तक्षेप गर्‍यो ।

शनिबार विशालबजारको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक भत्काउन डोजर चलाएपछि केही व्यापारीले गुनासो गरे। त्यसपछि बिदाको दिन पनि सडक डिभिजनको टोली पुगेर डोजर र मेशिन नियन्त्रणमा लिएको थियो ।

फुटपाथ विस्तार गरी वृक्षारोपणसमेत गर्ने योजनासहित सडक काट्ने प्रक्रिया अघि बढाइएको जानकारी महानगरका सह-प्रवक्ता दिपक अधिकारीले शनिबार दिए ।

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १० : ३६ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा