पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशंका : राष्ट्रसङ्घीय अधिकारी « Khabarhub

पपुवा न्यूगिनीमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० भन्दा बढी रहेको आशंका : राष्ट्रसङ्घीय अधिकारी


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

सिड्नी– पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले आइतबार सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ ।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि ८ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६७० भन्दा बढीले ज्यान गुमाउन हुनसक्ने बताए ।

एङ्गा प्रान्तको विपद् क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार २५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तर पश्चिममा रहेको एङ्गा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे भीषण पहिरो गएको थियो ।

पपुवा न्यूगिनीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एङ्गा प्रान्तको लगाइप पोर्गेरा जिल्लामा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

‘हताहत हुनेको सङ्ख्या यकिन हुन बाँकी छ, तर प्रारम्भिक रिपोर्टले मृतकको सङ्ख्या अत्यधिक हुन सक्ने सङ्केत गरेको छ । खोजी तथा उद्धार कार्य जारी छ, यद्यपि निरन्तरको पहिरो र पहिरोसँगै खसेको ढुङ्गाले यी प्रयासहरूलाई प्रभावित गरिरहेको छ,’ राष्ट्रसङ्घीय कार्यालयका प्रवक्ताले भने ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : १० बजे

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका