भेनेजुएलाका राष्ट्रपतिलाई क्युबाको साथ | Khabarhub Khabarhub

भेनेजुएलाका राष्ट्रपतिलाई क्युबाको साथ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हवाना– क्युबाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारप्रति पुनः समर्थन जनाएको छ ।

क्युबाका राष्ट्रपति मिगेल डियान कनेलले ट्वीट गर्दै अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दीको निन्दा गरेका हुन् । उनले भेनेजुएलाका जनता तथा राष्ट्रपति निकोलस मादुरोको सरकारप्रति क्युबाको समर्थन तथा ऐक्यबद्धता निरन्तर जारी रहेको समेत जनाएका हुन् ।

उनले अमेरिकी नाकाबन्दीको निन्दा गर्दै भेनेजुएलाका जनताको स्वाभिमान र प्रतिष्ठालाई कसैले कमजोर आँक्न नसक्ने समेत टिप्पणी गरे । उनले भेनेजुएलाका जनता र बोलिभारियन क्रान्तिलाई कुनै पनि बाह्य शक्तिले तोड्न नसक्ने समेत उल्लेख गरे ।

दुई हप्ताअघि डियाजले भेनेजुएलाका भ्रमण गरेका थिए । भेनेजुएलाका समाजवादी राष्ट्रपति निकोलस मादुरोका विरुद्ध जनताले प्रदर्शन गरेपछि प्रदर्शनकै माझ गत जनवरी महिनामा त्यहाँका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए ।

गुआइदोको उक्त घोषणासँगै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार तथा मादुरो सरकारका अधिकारीमाथि नाकाबन्दी र प्रतिबन्धको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ८ : २१ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

आज २०८२ साल भदौ १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १० गते मंगलबार। भाद्र

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले