हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि « Khabarhub

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।

आईपीएलमा कोलकाताको यो तेस्रो उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो ।

हैदराबादले दिए एक सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । कोलकाताका लागि वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए ।

त्यस्तै रहमानउल्लाह गुरबाज ३९, सुनील नारायण ६ रन बनाउँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे । हैदरावादका लागि प्याट कमिन्स र शाहबाज अहमदले एक/एक विकेट लिए ।

यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए । १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै एडेन मार्करामले २०, हेनरिक क्लासेन १६, नितिश कुमार रेड्डीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न कोलकताका आन्द्रे रसेलले तीन, मिचेल स्टार्क तथा हर्षित राणाले दुई/दुई विकेट लिए ।

 

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  १० : ४१ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६