रफाहस्थित शरणार्थी शिविरमा इजरायलको आक्रमण, दर्जनौँ मारिए « Khabarhub

रफाहस्थित शरणार्थी शिविरमा इजरायलको आक्रमण, दर्जनौँ मारिए


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजलायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमण गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शिविरमा भएको विस्फोटमा दर्जनौँ मानिस मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।घटनामा थुप्रै घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेको बताइएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको बताएको छ। घटनाको समीक्षा भइरहेको जनाइएको छ ।

अघिल्लो दिन हमासले रफाहबाट तेल अवीवतर्फ ८ वटा रकेट प्रहार गरेको थियो, जुन जनवरीयताको पहिलो लामो दूरीको आक्रमण हो।

दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूमा ठूलो विस्फोट र आगो लागेको देखिएको छ ।

विस्थापित प्यालेस्टाइनीहरू रहेको रफाहको उत्तर–पश्चिमस्थित शिविरमा इजरायले आक्रमण गरेको हमासले बताएको छ ।

संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू विस्थापित भएको जनाएको छ । गाजाको अन्य क्षेत्रबाट रफाहमा करिब १५ लाख मानिसले आश्रय लिएका थिए ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले अकस्मात आक्रमण गर्दा करिब १२ सय इजरायली नागरिक मारिएका थिए । त्यसपछि इजरायलले गरेको जवाफी आक्रमणमा करिबब ३६ हजार म्यालेस्टिनी मारिएका छन् ।

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : ५६ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा