गर्मी बढेपछि विद्यालय चारदिन बन्द « Khabarhub

गर्मी बढेपछि विद्यालय चारदिन बन्द


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ ।

१३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

यसैबीच, अध्याधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आईपीभी खोप अभियानसमेत स्थगित गरेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको हो ।

अभियान २० गतेदेखि पुनः सञ्चालन हुने वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ८ : ०४ बजे

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)