बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक  « Khabarhub

बजेटको अघिल्लो दिन अन्तिम २ मिनेटमा बढ्यो नेप्से, कारोबार ४ अर्ब नजिक 


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आगामी आर्थिक वर्षको बजेटको अघिल्लो दिन अर्थात सोमबार अन्तिम २ मिनेटमा बढेको छ । नेप्से बढेसँगै कारोबार पनि ४ अर्बको नजिक पुगेको छ । 

आज नेप्से २.९३ अंकले बढेर २११३.१७ विन्दु कायम भएको छ । नेप्से बढेसँगै ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता शेयर ५८ हजार ४८३ पटक किनबेच भएको छ । 

आज ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज फ्लोट इन्डेक्स ०.०७ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ अंकले घटेको छ । 

आज समूहगत परिसूचकमा उत्पादनमा उछाल आएको छ । आज उत्पादन समूह ५०.७२ अंकले बढेको छ । १३ वटा समूहमध्ये ३ वटा समूहको शेयर मूल्य घटेको छ भने १० वटा समूहको शेयर मूल्य बढेको छ । 

मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउसिङ कम्पनी र कालिञ्चोक दर्शन कम्पनीको शेयरमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : १७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी