नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने « Khabarhub

नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक सोमबार बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ ।

बैठकले २ महिनादेखि संसद्‍मा जारी गतिरोध अन्त्यबारे भएको सम्वादको समीक्षा गरेको छ । त्यसैगरी मुस्ताङ र स्याङ्जा जिल्ला कमिटी इन्चार्ज पनि तोकेको छ ।

त्यसैगरी पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमखु  प्रमेश हमालको नेतृत्वमा सातजनाको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने भएको छ ।

के के छन् निर्णय ?

१. केन्द्रीय कमिटीको आठौं बैठकले दिएका सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको दस्तावेज मातहतका कमिटीलाई पठाउने ।

२. मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय ।

३. संंसदको गतिरोध अन्त्य गर्नका निम्ति गरिएको सम्वादबारे छलफल ।

४. प्रतिनिधि छनोटबारे आगामी सचिवालय बैठकले निर्णय गर्ने ।

५. अर्वन एण्ड रुरल डेपलभमेन्ट, पोलिसी, प्लनिङ, अनुभव आदान प्रदान गर्ने, कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभाग प्रमखु  प्रमेश हमालको नेतृत्वमा सातजना नेताको टोली जेठ १६ गते ५ दिने चीन भ्रमणमा जाने । उक्त कार्यक्रममा विश्वका विभिन्न देशका प्रनिधिहरूको उपस्थित हुनेछन् ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : ५६ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ