नेपालको पहिलो बजेट ५ करोड २५ लाखको मात्र, अन्य के थियो बजेटमा ? (पूर्णपाठ) « Khabarhub

नेपालको पहिलो बजेट ५ करोड २५ लाखको मात्र, अन्य के थियो बजेटमा ? (पूर्णपाठ)


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन्। नेपालमा पहिलो बजेट २००८ सालमा आएको थियो। नेपालमा बजेट प्रस्तुत गर्ने थालिएको ७२ वर्ष भएको छ।

चरम राणा शासनको समयमा नेपाली कांग्रेसले २००७ सालमा प्रजातन्त्रको लागि अन्दोन गरेर परिवर्तन ल्याएसँगै ८ सालमा कांग्रेसको नेतृत्वमा बजेट पनि ल्याउने परम्परा सुरु भएको हो। कांग्रेसका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेसका अर्थमन्त्री सुवर्ण समशेर राणाले नेपालको पहिलो बजेट ल्याएका हुन्।

नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो। जुन बजेटमा अर्थमन्त्री राणाले ‘दाजु भाइ दिदी बहिनी !’ भनेर सम्बोधन गर्दै सुरु गरेका थिए। नेपालको पहिलो बजेट तीन हजार पाँच सय शब्द हाराहारीको थियो।

पहिलो बजेटमा आर्थिक वर्षको बजेट ल्याइएको थिएन। २००८ सालको लागि मात्र उक्त बजेट ल्याइएको थियो। उक्त बजेटमा २००७ सालको कुल-आम्दानी खर्च नै एकिन हुन नसकेको समेत भनिएको थियो। उक्त बजेटमा नेपालको देस्रो बजेट वैशाख अगावै आउने र त्यसले एक वर्षको योजना मात्र नभइ केही वर्षका हुने अर्थमन्त्री राणाले बजेटमा भनेका थिए।

तत्कालीन अर्थमन्त्री सुवर्ण समशेर राणा ।

‘सामान्य आम्दानी र खर्चको विवरणः- २००८ को सामान्य आम्दानी रु ३,०५,१६,००० (तीन करोड पाँच लाख सोह्र हजार रुपैयाँ) आर्जन गरिएको हुनाले पोहोरको भन्दा रु. १४,३५,००० (चौध लाख पैतिस हजार रुपैयाँ) बढी आम्दानी हुने उमेद गरिएको छ’, पहिलो बजेटमा भनिएको छ, ‘२००७ सालमा मालपोतबाट रु. १,१९,१६,००० (एक करोड उन्नाइस लाख सोह्र हजार रुपैयाँ) उठ्ती भएकोमा यो साल रु. ९४,०५,००० (चौरानब्बे लाख पाँच हजार) उठ्ती हुने अनुमान गरिएको छ।’

उक्त बजेटमा २००८ सालको आम्दानी ३० लाख १५ हजार ६०० रहेको थियो भने खर्च ५ लाख २५ नपुग राखिएको थियो। उक्त नपुग मध्ये ५१ लाख ६९ हजार रुपैयाँ उत्पादक विकासका योजनातर्फ नयाँ यन्त्र खरिद र पुरानो जीर्णोद्धारतर्फ र पछि असुल हुने तकानी कर्जा लिने आकलन गरिएको थियो।

सामान्य आम्दानी र खर्चको विवरण, विशेष आम्दानी र त्यसको बाँडफाँडको विवरण र आम्दानी र खर्चको संकलित विवरण गरेर ३ प्रकारको खर्चको विवरण तत्कालीन अर्थमन्त्री राणाले बजेटमा योजना ल्याएका थिए।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : २३ बजे

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ