कार्यदल बैठक बस्दै, टीओआरलाई अन्तिम रुप दिइँदै « Khabarhub

कार्यदल बैठक बस्दै, टीओआरलाई अन्तिम रुप दिइँदै


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज बस्दै छ ।

बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकले सत्ता पक्ष र प्रतिपक्षबीच सोमबार भएको सहमतिलाई अन्तिम रुप दिने बताइएको छ ।

कार्यदलमा सहमति भए आजबाट सदनका नियमित कामकारबाही निर्वाधरूपमा अगाडि बढ्नेछन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी बनेको छ । जसमा कांग्रेस र एमालेका दुई–दुई तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना सदस्य रहने छन् ।

दलहरुबीच सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने तर उनी संलग्न सहकारी तथा कम्पनीको नाम उल्लेख गरी छानबिन गर्ने समझदारी बनेको छ ।

यो पनि…
सहकारी प्रकरण स् सात सदस्यीय संसदीय समिति बन्ने, समयावधि तीन महिना

 

 

 

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : ३६ बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्