नेयमारका लागि गरिएका प्रस्ताव अस्वीकार ! « Khabarhub

नेयमारका लागि गरिएका प्रस्ताव अस्वीकार !


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई फ्रान्सेलीले क्लबले अस्वीकार गरेको हो ।

नेयमारका लागि पुर्व क्लब बार्सिलोनाले सय मिलियन युरोसंगै फिलिप कौटिन्होलाई प्रस्तावमा राखेको थियो । इभान राकिटिकलाई समेत नेयमारको बिषयमा सम्झौता गर्न सकिने बताएको थियो ।

यता रियल मड्रिडले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजसंगै बाँकी मुल्य नेयमारका लागि तिर्न सकिने प्रस्ताव राखेको थियो । पीएसजीले भिनिसियस जुनियरको बिषयमा रियलसंग प्रश्न गरेको थियो । तर रियलले नेयमार ल्याउने बिषयमा भिनिसियसको नाम समावेश गरेन ।

दुवै क्लबको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको छ । तर पीएसजी नेयमारलाई रियलमा बेच्न चाहेको छ । नेयमार क्लब फुटबलको सर्वाधिक महङ्गो खेलाडीको रुपमा गत सन् २०१७ मा पीएसजी गएका थिए । उनले पछिल्ला दुई सिजन ३४ गोल गरेका थिए । तर उनी पछिल्लो एक सिजन चोटका कारण धेरै समय मैदान बाहिर रहे ।

नयाँ सिजनको पहिलो खेलमा पीएसजीका प्रसंसकले नेयमारको विरुद्वमा नाराबाजी गरेका थिए । उनीहरुले क्लब छाडेर जान नेयमारलाई आग्रह गररेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : १० बजे

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय