एक सातामा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु « Khabarhub

एक सातामा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो एक सातमा अस्ट्रेलियामा तीन जना नेपालीको मृत्यु भएको छ। अध्ययनका लागि अस्ट्रेलियामा पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपालीले जानकारी दिएका छन्।

दुई जनाको सिड्नी र एक जनाको डार्बिनमा मृत्यु भएको हो। माछा मार्न सिड्नीको कर्नेल बिच क्षेत्रमा गएका दुई युवाको डुबेर मृत्यु भएको हो। ती जना गएको र एकजना भने सकुशल फर्किएका छन्। मृतकको विवरण भने खुलिसकेको छैन।

एनआरएन न्यु साउथ वेल्सका संयोजक विनोद कुँवरका अनुसार माछा मार्न गएका दुई जना नेपाली विद्यार्थीको छालमा परेर मृत्यु भएको जानकारी दिए। उनीहरुले समुद्रमा जाँदा सेफ्टी प्रयोग नगरेको प्रहरीले बताएको उनको भनाइ छ।

तीन वर्ष अगाडि पठाइका लागि उनीहरु त्यहाँ पुगेका थिए। जोखिम क्षेत्रमा माछा मार्न जाँदा उनीहरुको मृत्यु प्रहरीले बताएको छ।

हरेक वर्ष उक्त क्षेत्रमा माछा मार्न जाँदा हरेक वर्ष १० जनाको मृत्यु हुनेगरेको त्यहाँको प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। लाइफ ज्याकेट नलगाएकै कारण माछा मार्न गएका युवाको मृत्यु भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ।

त्यसैगरी डार्बिनमा केही दिन अगाडि एक युवाको १० तलाबाट खसेर मृत्यु भएको हो। दुर्घटनाको कारण भने खुलिसकेको छैन।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ८ : ५९ बजे

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई