अर्थमन्त्री पुनको पत्रकार सम्मेलनमा गभर्नर अधिकारी पनि उपस्थित « Khabarhub

अर्थमन्त्री पुनको पत्रकार सम्मेलनमा गभर्नर अधिकारी पनि उपस्थित


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार संसद्‍को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका अर्थमन्त्री वर्षमान पुनले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछन् ।

जेठ १५ मा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका उनले बुधबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यो पत्रकार सम्मेलनमा उनले त्यही बजेटबारे जानकारी दिन लागेका हुन् ।

खर्च क्षमताभन्दा झण्डै डेढ खर्ब रुपैयाँभन्दा बढी आकारको बजेट ल्याएको भन्दै आर्थिक मामिलाका जानकारले आलोचना गरिरहँदा अर्थमन्त्रीले पत्रकार सम्मेलनमार्फत त्यसको जवाफ पनि दिँदै छन् ।

अर्थमन्त्रीले डाकेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंककका गभर्नर डा. महाप्रसाद अधिकारी पनि उपस्थित भएका छन् ।

पुनले ल्याएको बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षीले उत्साह जगाउन नसक्ने बताइरहँदा निजीक्षेत्रले केही आशा देखाएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : १९ बजे

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द

झापा- आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो

विवेकपूर्ण आत्मसमीक्षाबिना कम्युनिस्ट एकता सम्भव छैन : सहसंयोजक माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार