अर्थमन्त्री पुनको पत्रकार सम्मेलनमा गभर्नर अधिकारी पनि उपस्थित « Khabarhub

अर्थमन्त्री पुनको पत्रकार सम्मेलनमा गभर्नर अधिकारी पनि उपस्थित


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार संसद्‍को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका अर्थमन्त्री वर्षमान पुनले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछन् ।

जेठ १५ मा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका उनले बुधबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यो पत्रकार सम्मेलनमा उनले त्यही बजेटबारे जानकारी दिन लागेका हुन् ।

खर्च क्षमताभन्दा झण्डै डेढ खर्ब रुपैयाँभन्दा बढी आकारको बजेट ल्याएको भन्दै आर्थिक मामिलाका जानकारले आलोचना गरिरहँदा अर्थमन्त्रीले पत्रकार सम्मेलनमार्फत त्यसको जवाफ पनि दिँदै छन् ।

अर्थमन्त्रीले डाकेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंककका गभर्नर डा. महाप्रसाद अधिकारी पनि उपस्थित भएका छन् ।

पुनले ल्याएको बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षीले उत्साह जगाउन नसक्ने बताइरहँदा निजीक्षेत्रले केही आशा देखाएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : १९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा